प्रहरीले भन्यो-‘महिलालाई पोखरीमा चोपल्दै यातना दिएको भिडियो नेपालको होइन’

संवाददाता
संवाददाता

२ साउन २०८२ शुक्रबार

एक महिलालाई पुरुषले पोखरीमा चोपल्दै यातना दिएको भिडियो नेपालको नभएको नेपाल प्रहरीले पुष्टि गरेको छ ।

महिलालाई पुरुषले नदीमा चोपल्दै यातना दिएको भिडियो नेपालकै भन्दै सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यसबारे प्रष्ट पारेको हो ।

जाँचका क्रममा उक्त भिडियो छिमेकी राष्ट्र भारतको भएको पाइएको प्रहरीले जानकारी दिएको छ । साथै कुनै पनि सामग्री सामाजिक सञ्जालमा सेयर गर्नुअघि स्रोत पुष्टि गर्न समेत प्रहरीको आग्रह छ ।

कतिपयले आफ्ना अकाउन्ट र पेजमा लाइक र भ्यूज बढाउन जथाभाबी सामग्री सम्प्रेषण गर्ने गरेको पाइएको भन्दै सचेत हुन समेत प्रहरीको अनुरोध छ ।

Leave a Comment

सम्बन्धित खबर