आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती आज मनाइँदै

संवाददाता
संवाददाता

भानु जयन्ती। नेपाली पात्रो (वि.स.) अनुसार हरेक वर्ष आषाढ महिनाको २८ गतेका दिन आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती (भानु जयन्ती) मनाउने गरिन्छ। बि स १८७१ मा नेपालको तनहुँ जिल्लाको रमघा (चुन्दी राम्घ) भन्ने गाउँमा उनको जन्म भएको थियो। प्रत्येक वर्ष आजको दिन नेपाल लगायत विश्वभर छरिएर रहेका नेपालीहरूले तथा भारतको दार्जिलिङ जस्ता भारतीय नेपालीहरुको बाहुल्य रहेको स्थानहरूमा भव्यताका साथ भानु जयन्ती मनाउने गरिन्छ।

पिता धनञ्जय आचार्य र आमा धर्मवती देवीको सन्तानको रूपमा भानुभक्तको जन्म भएको थियो। भानुभक्त आचार्यको जन्म जयन्ती सांस्कृतिक महोत्सवको रूपमा मनाइन्छ जुन विश्वभरिको नेपालीहरू माझ उनको र उनको प्रसिद्ध साहित्यिक कार्यहरूको स्मरणार्थ मनाउने प्रचलन छ। आचार्य एक ब्राह्मण परिवारमा जन्मनुभएको थियो र उनले आफ्नो हजुरबुबा श्री कृष्ण आचार्यबाट घरमा नै प्रारम्भिक शिक्षा प्राप्त गर्नुभएको थियो। पछि, उनका बुबाले उनलाई संस्कृत भाषा (त्यस समयको भाषा) को उचित शिक्षा प्राप्त गरुन् भन्ने उ‌द्देश्यले बनारस पठाएका थिए। आदिकवि भानुभक्त आचार्यको बि.स. १८२५ तदनुसार जुलाई १८६८ मा आश्विन महिनामा मृत्यु भयो। भानु जयन्ती ।

भानुभक्त आचार्य उहाँको जीवन र उनका योगदानहरू

भानुभक्तले प्रारम्भिक शिक्षा आफ्नो हजुरबुबा श्रीकृष्ण आचार्यबाट प्राप्त गरे र पछि उत्तर भारतको बनारसमा उच्च शिक्षा हासिल गरे। त्यस बेला संस्कृत बोलीचालीको भाषा थियो र यो विद्वानहरूको भाषा मानिने गर्थ्यो जसका कारण सबै जसो कवि तथा लेखकहरू संस्कृत भाषामा लेख्ने र पढ्ने गर्थे। तर, वास्तविकतामा सामान्य मानिसहरूले संस्कृत बोल्ने वा लिखित रूपमा पढ्न भने जान्दैनथे। त्यसै गरी संस्कृत भाषाको रूपमा सिक्न पनि गाह्रो थियो। तर, प्रायः जसो ग्रन्थहरू संस्कृतमा लेखिएका हुन्थे, जुन सामान्य व्यक्ति हरूका लागि यसलाई पढ्न वा बुभन असम्भव नै थियो।

तसर्थ, कवि, लेखकहरूको रचना र ग्रन्थहरू संस्कृतको ज्ञान भएका व्यक्तिहरूको एउटा सानो समूहमा मात्र सीमित थियो। यसै कारण, भानुभक्त आचार्यले परिवर्तनको थालनी गर्दै नेपाली भाषामा लेख्न सुरु गरे जसले संस्कृत ज्ञान नभएका मानिसहरूले पनि पढ्न सक्ने अवस्थाको सृजना भयो। भानुभक्त पहिलो लेखक थिए जसले रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरे। यसरी उनले नेपाली भाषा र नेपाली साहित्यलाई लोकप्रिय बनाउने कार्य गरे।

त्यस समयमा नेपालमा अन्य समकालीन कविहरू लक्ष्मी प्रसाद देवकोटा, लेखनाथ पौड्याल, मोतीराम भट्ट आदि पनि थिए, तर भानुभक्त आदिकवि (नेपाली भाषाको ‘पहिलो कवि) पदवीबाट सम्मानित भएका थिए। कवि भानुभक्त आचार्य पहिलो व्यक्ति हुन् जसले नेपाली भाषामा पहिलो कविता लेखेका थिए। त्यस बेलाको नेपाली साहित्यमा अन्य नेपाली कवि र लेखकहरूले योगदान पुऱ्याइरहेका भएता पनि भानुभक्त नेपालीहरूका माझ लोकप्रिय भएका पहिलो कवि थिए। उनले वाल्मीकि रामायणलाई नेपाली अनुवाद गरी नेपाली साहित्यमा प्रख्याति कमाए। भानुभक्तको अरू केही छोटा कविता र साहित्यहरूमा ‘रामगीता’, ‘वधूशिक्षा, ‘प्रश्नोत्तर “भक्त माला जस्ता रचनाहरू पर्दछन् ।

रामायण संस्कृतबाट नेपाली भाषामा अनुवाद गरेपछि भानुभक्तले नेपाली भाषा र साहित्यलाई लोकप्रिय बनाए र यसको प्रमुख कारण साधारण मानिसहरूले रामायण पढ्न पाउन् भन्ने उद्देश्य नै थियो। उनी विदेशी एव पाश्चात्य साहित्यका सँग परिचित थिएनन् किनकि उनले पश्चिमी शिक्षा प्राप्त गरेनन्, र यही कारणले उनलाई आफ्नो मूल कार्यलाई जारी राख्न मद्दत पुऱ्यायो।

भानुभक्त र घाँसी

भानुभक्त एक धनी परिवारका सदस्य थिए। जस कारण उनले कुनै आर्थिक समस्या भोग्नु परेन। एक दिन उनले एक घाँसीलाई भेटे जसले समाजलाई केही दिने इच्छा राख्दथे। एउटा घाँस काट्ने घाँसीले भनेको कुरा सुने पछि भानुभक्तलाई पनि समाजमा कुनै एक छाप छोड्‌ने काम गर्न उत्प्रेरित गर्यो।

भानुभक्त एक गरिब तर नम्र घाँसीको वी शब्दहरूबाट प्रेरित

भए। अनि ऊनले सोचे

भर् जन्म घाँस तिर मन् दिई धन कमायो

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो

घाँसी दरिद्र घरको तर बु‌द्धि कस्तो

म भानुभक्त धनी भैकन किन यस्तो

मेरा इनार न त सत्तल पाटिकै छन् जे धन चीजहरू छन् घर भित्रने छन्

त्यस घाँसीले कसरी आज दिए छ अर्ति

धिवकार हो म कन बस्नु न राखी कीर्ति

भानुभक्त आचार्यको १८२५ बी.स. मा मृत्यु भयो। भानुभक्त जीवितै छँदा, उनका कार्यहरू अन्य ठुला लेखक र कवि हरूबाट छोपिएका थिए। उनले आफ्ना रचना तथा साहित्यिक कार्यहरूको लागि कुनै श्रेय पाएनन्, उनको मृत्यु पछि कवि मोतीराम भ‌ट्टले उनका पाण्डुलिपिहरू फेला पारे र उनको सम्मान भयो। मोतीराम भ‌ट्टले भानुभक्तको काम तथा रचनाहरू प्रकाशित गरे।

भानुभक्त आचार्य बाट लेखिएका रामायण, लगायतका अनगिन्ती कृतिहरुका पाण्डुलिपिहरूलाई सङ्ग्रह गरेर मोतिराम भट्टले प्रकाशित गरे पश्च्यात भानुभक्त नेपाली साहित्य जगतमा लोकप्रिय हुदै चिनिएका थिए। भानुभक्त आचार्यबाट लेखिएका भक्तमाला (वि.सं. १८१०) वधूशिक्षा (वि सं १८१८) जस्ता कृति लगायत पाण्डुलिपिहरू सङ्ग्रह गरेर मोतिराम भट्टले प्रकाशित गरी एक अतुलनीय कार्य गरेका थिए। भानुभक्त बिना मोतिराम र मोतिराम बिना भानुभक्तको कल्पना तु के अस्तित्व नै पनि त छैन कि ?

भानुभक्त आचार्यबाट लेखिएको एक ग‌द्द कविता जसको नाम प्रश्नोत्तर र रचना वि.सं. १८१० तिर भएको भनिन्छ त्यस गद्द कविताको केहि हरफ यहाँ प्रस्तुत गरेका छौ। पुरा पढ्नका निमित्त प्रश्नोत्तर (वि सं. १८१०) विकिपिडियामा पढ्न सक्नु हुनेछ।

प्रश्नोत्तर भानुभक्त आचार्य

कस्लाइ हो शत्रु भनेर जान्नु?

आफ्ना दसै इन्दिय शत्रु मान्नु।

कस्लाइ खूब् मित्र भनेर जान्नु?

जीत्या तिनै इन्दिय मित्र मान्नु।

दरिद्र नाऊँ नरमा छ कस्को?

विशाल तृष्णा घरमा छ जस्को।

बि.स. २०३४ देखि भानु जयन्ती प्रत्येक वर्ष आषाढको २८ को दिन साहित्यिक सङ्‌गोष्ठी सहितको भव्य कार्यक्रमको रूपमा मनाइन्छ। कार्यक्रममा नेपाली लेखक, कवि, उपन्यासकार, अन्य साहित्यिक व्यक्तित्वको उपस्थिति रहेको हुन्छ। आजको दिन काठमाडौंको रानी पोखरी अगाडि दरबार हाई स्कूलको परिसरमा रहेको भानु भक्तको अर्थ कदको मूर्तिमा विभिन्न उमेर, पेसा आदिका व्यक्तिहरू भेला भएर माल्यार्पण र उनका कविता वाचन जस्ता कार्यक्रमहरूका साथ भानु जयन्ती मनाउने गरिन्छ। आजको दिन नेपाल, भारत (दार्जिलिङ, सिक्किम इत्यादि) तथा अन्य देशहरूमा समेत भानु जयन्ती भव्य रूपमा मनाउने गरिन्छ।

स्रोत : सुदन भट्टराई उपाध्याय

Leave a Comment

सम्बन्धित खबर