पिकअप भ्यानसहित ४४ लाख बराबरको अवैध भन्सार छली सामग्री बरामद

संवाददाता
संवाददाता

मेराज सलमानी / बर्दघाट, २८असार २०८२ शनिबार

पश्चिम नवलपरासीको बर्दघाटमा प्रहरीले पिकअप भ्यानसहित ४४ लाख ११ हजार २२० रुपैयाँ बराबरको भन्सार छलीका अवैध सामग्री बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बर्दघाटका निमित्त प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) अभय रावतको नेतृत्वमा खटिएको टोलीले शुक्रबार साँझ बर्दघाट नगरपालिका–४ टिसीएन चोक नजिक पूर्व–पश्चिम राजमार्गमा चेकजाँचको क्रममा बा.प्र.०१–०३२च–९३०८ नम्बरको पिकअप भ्यानमा लोड गरिएको सामग्री फेला पारेको हो।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–३ मलेखुका २८ वर्षीय चिरञ्जीबी पाण्डे (भ्यान चालक) र सोही स्थानका ५२ वर्षीय पिताम्बर पाण्डे रहेका छन्।
बरामद सामग्रीको विवरण निम्नानुसार छ:
• कुर्ता सुरवाल (१६६२ पिस) – रू. १२,४६,५००
• केराउ (१६५० किलो) – रू. २,१४,५००
• एडिडास ट्राउजर (१४४ पिस) – रू. ७२,०००
• ट्राउजर लाइनिङ (१६४ पिस) – रू. ८२,०००
• डर्मा सिरम (१८२ पिस) – रू. १,१५,५७०
• फेसवास – रू. ३,८५०
• डर्मा कोजिक (३०४ पिस) – रू. १,३६,८००
• पिकअप भ्यान (२०२५ मोडल) – रू. २५,००,०००
कुल मूल्य: रू. ४४,११,२२० भन्सार कार्यालयमा बुझाइयो
पक्राउ परेका व्यक्तिहरू, बरामद सामग्री, र पिकअप भ्यानलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै महेशपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

Leave a Comment

सम्बन्धित खबर