पहिचानविनै अहिले बनेका सात वटै प्रदेश काम लाग्दैनन्, भत्काउँः उपेन्द्र यादव

संवाददाता
संवाददाता

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले निर्माण गरेको सात वटा प्रदेश काम नलाग्ने भएकाले भत्काउनुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको प्रदेश संरचना पहिचानका आधारमा नभएकाले सात वटै प्रदेश भत्काउनु पर्ने माग गरेका हुन् ।

उनले पहिचानको मान्य सवै समूदायले पाउनुपर्ने धारणा राखेका थिए । उनले भने, ‘प्रदेशको संरचना पहिचानका आधार नभएकाले अहिले निर्माण गरेको सात वटा प्रदेश काम लाग्दैनन्, सवैभन्दा पछि परेकाहरुको छुट्टै निर्वाचन क्षेत्र बनाउनुपर्ने र सेवाको अवसर तथा बिकासका लगानीमा सवैभन्दा पछि परेका समूदायबाट सुरु गर्नुपर्छ । ‘

साथै उनले अहिलेको निर्वाचन प्रणालीले सवैको प्रतिनिधित्व हुन नसक्ने भएकाले त्यसका लागि पूर्ण समानुपातीक निर्वाचन प्रणालीको व्यवस्था हुनुपर्ने बताएका थिए ।

Leave a Comment

सम्बन्धित खबर