कोहलपुर वडा नं. १ का १ सय २२ अव्यवस्थित बासिन्दालाई जग्गाधनी प्रमाण–पत्र वितरण

संवाददाता
संवाददाता

२६ असार २०८२ बिहीबार / मेराज सलमानी

कोहलपुर, बाँके —कोहलपुर नगरपालिका–१ का १२२ जना अव्यवस्थित बासोबास गर्दै आएका नागरिकहरूलाई लुंबिनी प्रदेश सरकार का माननीय मुख्यमन्त्री चेत नारायण आचार्य ज्यु ले जग्गाधनी प्रमाण–पत्र (पुर्जा) वितरण गरेका छन।

उक्त कार्यक्रम लुंबिनी प्रदेश सरकार का माननीय मुख्यमन्त्री चेत नारायण आचार्य ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा उनले राज्यको तर्फबाट वञ्चित, पीडित र लामो समयदेखि आफ्नो जमिनको अधिकार पाउन नसकेका नागरिकहरूलाई न्याय दिलाउने उद्देश्यले सरकारले चालु पारीरहेका भूमि वितरण कार्यक्रमलाई अझ प्रभावकारी र न्यायोचित ढंगले अघि बढाइने प्रतिवद्धता जनाए।

भूमि समस्या समाधान आयोग बाँके अध्यक्ष घननाथ खनाल लगायत पदाधिकारीहरू, कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरू तथा लाभग्राहीहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमाण–पत्र प्राप्त गरेका व्यक्तिहरूले सरकार र आयोगप्रति आभार प्रकट गरेका थिए।

Leave a Comment

सम्बन्धित खबर