भेरी अस्पतालका चार कर्मचारी सेवा निवृत्त, योगदानप्रतिको सम्मान

संवाददाता
संवाददाता

२६ असार २०८२ बिहीबार

नेपालगञ्ज-भेरी अस्पतालमा लामो समय देखि कार्यालय सहयोगीका रूपमा सेवा प्रदान गर्दै आउनुभएका चार कर्मचारीहरू हाल उमेर हदका आधारमा सेवा निवृत्त हुनुभएको छ।सेवा निवृत्त हुनेमा ईद्रिस बेहना, राजु श्रेष्ठ, एकवाल अहमद र रमेश वाल्मीकि रहनुभएको छ।

अस्पताल प्रशासनका अनुसार ती कर्मचारीहरूले अस्पतालको सेवा सञ्चालन तथा व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका थिए। उहाँहरूको निरन्तर सेवा, इमान्दारिता र समर्पणको उच्च मूल्याङ्कन गर्दै अस्पताल परिवारले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

सेवा निवृत्त हुने कर्मचारीहरूलाई सम्मानसहित बिदाई गरिँदै उहाँहरूको आगामी जीवन सुखद, स्वस्थ र शान्तिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

 

Leave a Comment

सम्बन्धित खबर