
झापा, २६ असार २०८२ बिहीबार / मेराज सलमानी

झापा जिल्लाको मेचीनगर नगरपालिका–७ स्थित दिघा पास नजिकैबाट प्रहरीले ब्राउनसुगर जस्तो देखिने लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, किशनगञ्ज जिल्लाका ३५ वर्षीय मिन्हाज आलम र ५० वर्षीय मोहम्मद लतिफ रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरू सवार मोटरसाइकल (WB 59 AD 6545) को सिटमुनी लुकाइराखेको अवस्थामा १११ ग्राम ४० मिलिग्राम लागुऔषध (ब्राउनसुगर) जस्तो देखिने पदार्थ बरामद गरेको हो।
पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
