
२६ असार २०८२ बिहीबार / मेराज सलमानी

नेपालगञ्ज, बाँके लुम्बिनी प्रदेश प्रहरी अस्पताल, नेपालगञ्जमा नव निर्मित अत्याधुनिक अपरेशन थियेटर भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। सो भवनको उद्घाटन लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चेत नारायण आचार्य ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो।
उद्घाटन समारोहमा नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरू, प्रदेश सरकारका प्रतिनिधिहरू तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। समारोहमा मुख्यमन्त्री आचार्यले स्वास्थ्य पूर्वाधारमा सरकारको प्रतिबद्धता दोहोर्याउँदै प्रहरी अस्पतालको सेवामा थप सुधार हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रहरी अस्पतालका चिकित्सक तथा कर्मचारीहरूले नव निर्मित भवनबाट आपतकालीन र जटिल शल्यक्रिया सेवा थप सहज र प्रभावकारी हुने जानकारी दीएका थीए ।
