नेपालगञ्जमा भन्सार छलीका फलफूल र तरकारी बरामद

संवाददाता
संवाददाता

नेपालगञ्ज, ११ वैशाख २०८३– भन्सार छली गरी ल्याइएका करिब २० हजार ५ सय रुपैयाँ बराबरका फलफूल तथा तरकारी नेपालगञ्जमा बरामद भएका छन्।

प्रहरीका अनुसार शुक्रबार नेपालगञ्ज उप-महानगरपालिका-१० मा भन्सार छली तस्करी गरी ल्याइएका फलफूल र तरकारी लगायतका सामान फेला परेका थिए। बरामद सामानको अन्दाजी मूल्य रू. २०,५००/- रहेको छ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँकेमा पठाइएको प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा भन्सार छली नियन्त्रणका लागि प्रहरीले निगरानी बढाएको छ।

Leave a Comment

सम्बन्धित खबर