बाँकेमा नगद, हातहतियार र सवारीसाधनसहित ब्राउनसुगर कारोबारी ‘खान’ पक्राउ

संवाददाता
संवाददाता

 

नेपालगञ्ज, ११ वैशाख २०८३ – बाँके प्रहरीले ठूलो परिमाणमा ब्राउनसुगर, नगद र हातहतियारसहित एक जना लागू औषध कारोबारीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेले जारी गरेको प्रेस विज्ञप्ति अनुसार,९ गते बुधबार खजुरा गाउँपालिका-५, उडरापुर बस्ने २६ वर्षीय अजिजुल रहमान खानको घरमा छापा मारिएको थियो। गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले खानको घरबाट २७५ ग्राम ब्राउनसुगर बरामद गरेको हो।

ठूलो परिमाणमा ब्राउनसुगर, हातहतियार र सम्पत्ति बरामद

प्रहरीले ब्राउनसुगरसँगै खानको साथबाट ठूलो परिमाणमा अवैध सामग्री फेला पारेको छ। बरामद सामानमा रू. ७०,९५० नगद, नक्कली पेस्तोल १ थान, 7.65 MM गोली २ थान, तरबार २ थान र चक्कु १ थान छन्।

यस्तै यसबाहेक ४ वटा सवारी साधन – २ वटा मोटरसाइकल, १ थार गाडी र १ फोटोन गाडी, ७ वटा मोबाइल, १ थान डिजिटल तराजु, पासपोर्ट, गाडीका बिलबुक ३ थान र रू. ५१ लाख २२ हजार ५०० बराबरका चेकहरु पनि बरामद भएका छन्। सुनचाँदीका गरगहना समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद सामानहरु
नगद: रू. ७०,९५०
हातहतियार: नक्कली पेस्तोल १ थान, 7.65 MM गोली २ थान, तरबार २ थान, चक्कु १ थान
सवारी साधन: भे ८ प २१४५ नम्बरको मो.सा., प्र.३०२००० प ८१९४ नम्बरको मो.सा., UP 60 AW 2727 नम्बरको थार गाडी, प्र ३-०१-०२३ च १०३१ नं.को Foton गाडी
अन्य: पासपोर्ट १ थान, गाडीको बिलबुक ३ थान, मोबाइल ७ थान, डिजिटल तराजु १ थान
सुनचाँदी: सुनजस्तो देखिने तिलहरी १ थान, मुन्द्रा ४ थान, सिक्री १ थान, कुण्डली २ थान, चाँदीको पायल १ जोडा
बैंकिङ: रू. ५१,२२,५०० उल्लेख गरिएका विभिन्न बैंकका चेक १३ थान, खाली चेक २ थान
अन्य: नक्क ४ थान, छाप ४ थान  प्रहरीले नियन्त्रणमा लिएको  विज्ञप्तिमा उल्लेख गरेको छ ।

१० दिन म्याद थप
यस्तै पक्राउ परेका खानलाई लागू औषध मुद्दामा अनुसन्धान गर्न बाँके जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय धनौली र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले यो कारबाही गरेको हो।

प्रहरी निरीक्षक रमेश बिष्टद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, लागू औषधविरुद्धको विशेष अप्रेशन अन्तर्गत यो सफलता हात परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Comment

सम्बन्धित खबर