विगतका सबै तमसुक र कपाली तमसुकहरूको न्यायिक छानबिन हुने

संवाददाता
संवाददाता

काठमाडौं : विगतका सबै तमसुक र कपाली तमसुकहरूको न्यायिक छानबिन गरिने भएको छ।

सरकारले यसअघि सार्वजनिक गरेको एक सय बुँदा अन्तर्गतको बुँदा नं ३ लाई कार्यान्वयन गर्दै सार्वजनिक गरिएको राष्ट्रिय प्रतिबद्धतामा मिटरब्याज र अनुचित लेनदेन आर्थिक अपराधका रूपमा परिभाषित गरिनुका साथै विगतका सबै तमसुक र कपाली तमसुकहरूको न्यायिक छानबिन गरिने उल्लेख छ।

मिटरब्याज र लघुवित्तका कारण मानसिक र शारीरिक यातना भोगेका पीडितहरूका लागि स्थानीय तहमा निःशुल्क कानुनी सहायता र मनोसामाजिक परामर्शको व्यवस्था गरिनेछ।

स्रोत : अन्नपूर्ण

Leave a Comment

सम्बन्धित खबर