
शिवराज साहू :-

नेपालगञ्ज, चैत २८ – हिन्दू स्वयंसेवक संघ नेपालले नववर्ष २०८३ को पूर्वसन्ध्यामा “हाम्रो नववर्ष, हाम्रो गौरव” भन्ने नाराका साथ बृहत दीप प्रज्वलन कार्यक्रम आयोजना गर्न गरेको छ।
विगतका वर्षहरूमा झैं यस वर्ष पनि उक्त गरिमामय कार्यक्रममा सहभागी हुन संघले सर्वसाधारणलाई हार्दिक निमन्त्रणा गरेको थियो।
कार्यक्रम सोमबार साँझ ०७:०० बजे नेपालगञ्जको विपी चौकमा गरिएको छ। कार्यक्रममा सहभागी भएर एकसाथ नववर्षमा सबैको मंगलकामना गर्न संघले आह्वान गरे अनुसार सहभागीले देशमा सुख शान्तिको बास होस् र समाजमा अपनत्वको भाव जागृत होस् भनी सामुहिक रुप्मा मंगलकामना गरे।
संघका अनुसार, दीप प्रज्वलन कार्यक्रमले नेपाली हिन्दू परम्परा, संस्कृति र राष्ट्रिय एकतालाई प्रोत्साहन दिने उद्देश्य राखेको छ। “आउनुहोस्, एकसाथ नववर्षमा सबैको मंगलकामना गरौं” भन्दै संघले सबैलाई उपस्थित हुन आग्रह गरेको थियो।
नववर्ष वि.सं. २०८३ को हार्दिक मंगलमय शुभकामना सहित आयोजित यो कार्यक्रममा स्थानीयवासी, संघका सदस्य तथा संस्कृति प्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

