
शिवराज साहू

नेपालगञ्ज, २७ चैत । सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह (बालेन शाह) ज्यूले पदभार ग्रहण गरेको शुभ तथा ऐतिहासिक अवसरमा साहु समाज समिति बाँकेले दिवा भोजको आयोजना गरेको छ ।
समितिले उक्त गौरवमय क्षणको सम्मानस्वरूप नेपालगञ्जका सम्पूर्ण स्वाजातीय परिवारलाई स्वाजातीय विशेष सामूहिक दिवा भोज कार्यक्रममा हार्दिक निमन्त्रणा गरेको छ । कार्यक्रमलाई अझ स्मरणीय र उत्साहपूर्ण बनाउन सबैको गरिमामय उपस्थिति आवश्यक रहेको समितिका अध्यक्ष हंसराम साहूले विश्वास व्यक्त गर्नुभएको छ ।
कार्यक्रम चैत्र २८ गते शनिबार बिहान ११ः०० बजेदेखि राधा कृष्ण मन्दिर, साहु समाज धर्मशाला, नेपालगञ्ज–५, बाँकेमा सम्पन्न हुने जनाइएको छ ।
यस्तै स्वाजातिय दिवा भोज कार्यक्रम साहु समाज जिल्ला कार्य समिति तथा साहु समाज युवा समिति बाँके (नेपालगञ्ज) को संयुक्त आयोजनामा हुन लागेकोसमितिले जनाएको छ।
समितिले सबै स्वाजातीय दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेको छ ।

