स्वधर्म र स्वसंस्कृति संरक्षण गर्ने पवित्र उद्देश्यका साथ थारु समुदायका बडघर–पूजारीहरु अयोध्या धाम दर्शन

संवाददाता
संवाददाता

शिवराज साहू :

नेपालगन्ज, १६ चैत्र – स्वधर्म संस्कृति संरक्षण अभियान नेपालले बाँके र बर्दियाका थारु समुदायका बडघर–पूजारीहरूलाई अयोध्या धाम दर्शनका लागि भेरी विभागले आइतबार नेपालगन्जबाट विदाई गरेको छ ।

उक्त धार्मिक यात्रामा बाँके र बर्दियाका हरेक पालिकाबाट करिब १५० जना भन्दा बढी बडघर–पूजारीहरूको सहभागिता रहेको छ । आफ्नो स्वधर्म र स्वसंस्कृति संरक्षण गर्ने पवित्र उद्देश्यका साथ अभियानले जनजाति थारु समुदायलाई लक्षित गर्दै यो यात्रा आयोजना गरेको हो ।

अभियानका अनुसार, थारु समुदायका परम्परागत धर्मगुरु तथा सामाजिक अगुवाहरूलाई हिन्दू धर्मको पवित्र स्थल अयोध्या धाम घुमाएर उनीहरूको सांस्कृतिक जागरण र धार्मिक एकताको भावना अभिवृद्धि गर्न यो कार्यक्रम आयोजना गरिएको बताए ।

यात्रामा सहभागीहरूले अयोध्या धाममा राम मन्दिर दर्शन गर्दै आफ्नो परम्परागत संस्कृति र हिन्दू धर्मसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर पाउने बताएका छन् ।

स्वधर्म संस्कृति संरक्षण अभियान नेपालले थारु समुदायको मौलिक संस्कृति र परम्परालाई मुख्यधारामा ल्याउने तथा उनीहरूको धार्मिक आस्था सम्मान गर्दै यो अभियान सञ्चालन गर्दै आएको भेरी विभागले जनाएको छ ।

Leave a Comment

सम्बन्धित खबर