पशुमाथि अत्याचारको आरोप : थेग्न नसक्ने भारी बोकेको घोडाको तस्बिर सामाजिक सञ्जालमा

संवाददाता
संवाददाता

नेपालगञ्ज, ३ पौष २०८२ – सामाजिक सञ्जालमा बुधबारदेखि एउटा तस्बिर व्यापक रूपमा साझा भइरहेको छ, जसमा नेपालगञ्जको गणेशपुर सडकमा एउटा ” बुग्गीमा ” घोडा ( चौपाया) लाई अत्यधिक भारी बोक्न लगाइएको देखिन्छ। तस्बिरमा घोडाले फलामे छडहरूको ठूलो बण्डल बोकेको तानिरहेको अवस्था छ, जसले पशुमाथि क्रूर व्यवहार भएको संकेत गरिरहेको छ ।

स्थानीय बासिन्दा सन्तोष कुमार गुप्ताले यो दृश्य कैद गरेका हुन् र पशुप्रेमीहरू तथा ट्राफिक प्रशासन , प्रशासनको मौनतामाथि प्रश्न उठाएका छन्। उहाँको अनुसार यस्तो भारी एउटा ट्र्याक्टरले पनि थेग्न गाह्रो हुने खालको छ, तर पशुलाई जीवनभर यस्तो बोझ बोकाउन बाध्य पारिएको छ बताए ।

यसैगरी गुप्ताले नेपालका इँटाभट्टाहरूमा नेपालगञ्जबाट ल्याइएका घोडा र गधाहरूलाई अत्यधिक काम लगाउने र ओवरलोड गर्ने समस्या लामो समयदेखि विद्यमान छ यसको (स्रोत : Animal Nepal जस्ता संस्थाका रिपोर्टहरूमा)उल्लेख रहेको भने ,


छिमेकी भारत र अन्य देशहरूमा पनि यस्तै ओवरलोडेड गाडा तान्ने पशुहरूका भिडियोहरू समय–समयमा भाइरल हुने गरेका छन्, जसले पशु कल्याणको मुद्दा उठाउने गरेको गुप्ताले बताए।


यस्तै स्थानीय भाष्कर मिश्रले नेपालमा पशु अत्याचारसम्बन्धी कानुन (The Prevention of Cruelty to Animals Act) अन्तर्गत यस्तो कार्य दण्डनीय छ, जसमा ओवरलोडिङ, अत्यधिक काम लगाउने वा पशुलाई पीडा दिने कार्यलाई क्रूरता मानिन्छ। यस्तो दृश्य सहितको घटनाहरु नेपालगञ्जको विभिन्न स्थानहरुमा सहजै देख्न पाइन्छ । भने, स्थानीय प्रशासन वा पशु कल्याण संस्थाहरू (जस्तै Animal Welfare Network Nepal वा Sneha’s Care) मा उजुरी गर्न सकिने व्यवस्था रहेको बताए ।

स्थानीय ध्रुबराज शर्माले हजुर यो त सामान्य हो। नेपालगञ्ज बसपार्क नजिक विद्युत कार्यालयको अगाडि एउटा सिमेन्ट पसलमा सानो खच्चर माथि लगाइएको त्यो बुग्गी ताँगा त्यसमा २० बोरा सिमेन्ट बोकाएर हिँड्दाखेरि त्यो घोडा नै खस्यो। तर ऊ दया लागेन उसलाई पिट्दै गरेको पछि सबै खाली गरेर गधालाई उठाएर फेरि २० बोरा सिमेन्ट लोड गरेर हिँड्न बाध्य बनायो। गाली गर्दै पिटीपिटी हिडन लगायो ।यहाँ त हेर्ने निकाय नै छैन भन्दै गुनासो पोख्दै यस क्रूरतम समस्या प्रति स्थानीय प्रशासन सम्बन्धित निकायहरू लाई ध्यानाकर्षण गर्न शर्माले आग्रह गरे।

Leave a Comment

सम्बन्धित खबर