बाँकेमा ठूलो परिमाणमा भन्सार छली गरेको केराउ दाल बरामद, सञ्चालक पक्राउ

संवाददाता
संवाददाता

नेपालगञ्ज, बाँके – २०८२ मंसिर १९  जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका–१ गुलरिया बसपार्क नजिक सञ्चालित मुस्कान ट्रेडर्सबाट अवैध रूपमा भन्सार छली गरी भारतबाट तस्करी गरिएको ठूलो परिमाणको केराउ दाल (मटर दाल) बरामद गरेको छ।

प्रहरीले गरेको विशेष सूचनाका आधारमा छापा मार्दा उक्त पसलबाट १,१३० बोरा (कुल ३३,९०० किलोग्राम) केराउ दाल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेश बिष्टले जानकारी दिनुभयो। बरामद सामानको बजार मूल्य करिब रु. २० लाख ३४ हजार रहेको अनुमान गरिएको छ।

पसल सञ्चालक मुबारक अहमद कवडियालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पूर्ण सामानसहित भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रबाट भन्सार छली गरी दाल, चामल, कपडालगायतका सामानको तस्करी बढ्दै गएकाले यस्ता गतिविधिमा कडाइ गरिएको छ।

प्रेस विज्ञप्ति

Leave a Comment

सम्बन्धित खबर