पशुपति शिक्षा मन्दिरले विद्यार्थीको जन्मदिन भव्य रूपमा मनायो

संवाददाता
संवाददाता

नेपालगञ्ज, मंसिर (२०८२) नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ मा अवस्थित पशुपति शिक्षा मन्दिरले आफ्ना विद्यार्थीको जन्मदिन विद्यालयमै विशेष कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाएको छ।

यसै क्रममा आज नर्सरीमा अध्यनरत विद्यार्थी नरसिंह राज साहूको जन्मदिन केक काटेर, गीत गाएर र उपहार दिएर हर्षोल्लासका साथ मनायो ।

विद्यालयले जन्मदिन मनाउने कार्यक्रममार्फत विद्यार्थीहरूको आत्मविश्वास र हौसला बढाउने उद्देश्य राखेको प्रधानाध्यापक रतन बहादुर शाहीले बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले बालबालिकामा सकारात्मक ऊर्जा पैदा गर्छ र उनीहरूलाई आफ्नो विशेष दिन विद्यालय परिवारसँग बाँड्ने अवसर मिल्छ।

“हामी नेपाली संस्कार र संस्कृतिको जग बसाल्दै गुणस्तरीय शिक्षा दिने प्रयासमा छौँ”, प्रधानाध्यापक शाहीले भन्नुभयो, “जन्मदिन जस्ता साना–साना कार्यक्रमले पनि बालबालिकाको व्यक्तित्व विकासमा ठूलो भूमिका खेल्छ।”

हाल यो विद्यालयमा कक्षा नर्सरी देखि कक्षा ८ सम्म विधार्थीहरू छन्। जम्म विधार्थी संख्या १४९ विद्यार्थीहरू अध्ययनरत छन्। यस विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन गर्दै आएको छ भने नियमित रूपमा अतिरिक्त क्रियाकलाप, नैतिक शिक्षा र संस्कृति संरक्षणसम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।

विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूले पनि यस्ता कार्यक्रमको प्रशंसा गरेका छन्। “बच्चाहरूको मुहारमा आएको खुसी देख्दा हामीलाई सन्तुष्टि मिल्छ”, अभिभावक शिवराज साहूले बताउनुभयो।

पशुपति शिक्षा मन्दिरले आगामी दिनमा पनि यस्तै रचनात्मक र बालमैत्री कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave a Comment

सम्बन्धित खबर