प्रेस काउन्सिल नेपालको अध्यक्षमा कुमार शर्मा मनोनीत

संवाददाता
संवाददाता

सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई मनोनीत गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा शर्मालाई मनोनीत गर्ने निर्णय गरेको हो । हाल शर्मा नेपाल मेलमिलाप परिषद्मा विज्ञको रुपमा कार्यरत छन् ।

उनी यसअघि मेलमिलाप परिषद्मै करिब ३ वर्ष सदस्यको रुपमा उनी कार्यरत थिए । २०४० सालमा अधिवक्ता भएका उनी २०६९ सालमा वरिष्ठ अधिवक्ता बनेका थिए ।

नेपाल बारको उपाध्यक्ष समेत भइसकेका शर्मासँग २०५१ सालमा बार काउन्सिलको कार्यकारी समितिमा बसेर काम गरेको पनि अनुभव छ ।

उनले २०७४ सालमा लुम्बिनी प्रदेशको कानुन आयोगमा  डेढ वर्ष काम गरेको थिए ।

स्रोत : समयपोस्ट

Leave a Comment

सम्बन्धित खबर