गाईको मासु काट्दै गरेको अवस्थामा ६ जना प्रकाउ

संवाददाता
संवाददाता

चितवनमा गाईको मासु काट्ने ६ जना प्रकाउ परेका छन्। खैरहनी नगरपालिका १० बडगाउँस्थित केराबारीभित्र गाईको मासु काट्दै गरेको अवस्थामा ६ जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

सांकेतिक तस्बिर

 

प्रहरीका अनुसार आज (सोमबार) दिउँसो १ः५० बजे इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरीक्षक उज्वलराज चितुवालको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

स्रोत : नागरिक

Leave a Comment

सम्बन्धित खबर