डाँका समूहको गोली प्रहार: बुबा-छोरा गम्भीर घाइते

संवाददाता
संवाददाता

जनकपुरधाम । सिराहामा डाँका समूहले गोली प्रहार गर्दा बुबा-छोरा गम्भीर रूपमा घाइते भएका छन्। कल्याणपुर नगरपालिका-१२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका २२ वर्षीय छोरा अनिल कुमार महतोलाई मध्यराति डाँकाहरुले लुटपाट गर्ने क्रममा गोली हानेको प्रशासनले जनाएको छ।

दुवै जनालाई गोली लागेको र स्थानीयस्तरमा उपचार सम्भव नभएपछि विराटनगरस्थित न्यूरो अस्पतालमा सारिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार डाँका समूहसँग भएको प्रतिकारका क्रममा गोली प्रहार भएको हो।

घटनापछि प्रहरीले तत्कालै घटनास्थल पुगेर डाँका समूहको खोजी तीव्र पारेको जनाइएको छ।

स्रोत : प्रशासन

Leave a Comment

सम्बन्धित खबर