
काठमाडौँ । भारतीय सेनाले नेपाली सेनालाई छ वटा स्वदेशी टार्गेट प्राक्टिस ड्रोन तथा ग्राउन्ड सपोर्ट इक्युपमेन्ट हस्तान्तरण गरेको छ । भारतीय सेनाले सुनौलीस्थित एकीकृत जाँच चौकीमा आयोजित विशेष समारोहमार्फत सो सहयोग हस्तान्तरण गरेको हो ।


भारत–नेपाल मित्रता र सीमाभन्दा परको भ्रातृत्वलाई अझ सुदृढ बनाउने उद्देश्यसहित सहयोग हस्तान्तरण गरिएको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने र गहिरो द्विपक्षीय रक्षा सहकार्यलाई अझ प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
स्रोत : रातोपाटी
