
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेट भएको छ।

चीनमा (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी कार्यक्रममा मुलुकका लागि आयोजित स्वागत समारोहमा ओली र मोदीबीच अनौपचारिक भेट भएको हो।
उक्त भेटपछि मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा उनले ओलीसँगको तस्बिर हाल्दै लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु। भारत–नेपालको सम्बन्ध चिरस्थायी एवम् अत्यन्तै विशेष रहेको छ।’
यसअघि प्रधानमन्त्री ओलीले शनिबार सी चिनफिङसँग दुईपक्षीय भेटवार्ता गरेका थिए। तर, मोदीसँग भने औपचारिक भेटको कुनै कार्यक्रम तय थिएन।
नेपालले यसअघि चीनमै औपचारिक कुराकानीको प्रयास गरेको भए पनि त्यो सम्भव नभएपछि ओली र मोदीबीच देखाभेट मात्र भएको हो।
स्रोत : सुत्र न्युज
