अवधी पत्रकार संघ नेपाल बाँकेको, तीज पर्वमा शुभकामना र सम्मान कार्यक्रम सम्पन्न

संवाददाता
संवाददाता

नेपालगन्ज, बाँके – अवधी पत्रकार संघ नेपाल बाँकेले तीज पर्व २०८२ को अवसरमा भाद्र ८ गते आइतबार शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल र भारतका पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता अवधी पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष समीर अलि सलमनीले गरेका थिए भने चंदा सिंहले स्वागत मन्तव्य राख्दै कार्यक्रमको शुभारम्भ गरेकी थिइन्।

कार्यक्रममा केन्द्रीय अध्यक्ष राकेश मिश्र, संस्थापक सूर्यलाल यादव, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य तथा रेडियो प्रसारक संघ एकोराब र नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष मोहम्मद आरिफ अन्सारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरि, प्रेस युनियन बाँकेका सचिव भीष्म लोध, अवधी सांस्कृतिक प्रतिष्ठानका संस्थापक बिष्णुलाल कुमाल, अवधी पत्रकार संघका पूर्वअध्यक्ष चन्द्रेश्वर राज त्रिपाठी, पूर्वअध्यक्ष नन्दलाल साहू, कोषाध्यक्ष चंदा सिंहलगायतको उपस्थिति थियो। साथै, मित्रराष्ट्र भारतबाट आइपजा पत्रकार संघ बहराइचका पत्रकारहरू सहभागी बने।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरिले पत्रकारितामा मर्यादा र जिम्मेवारी कायम राख्न जोड दिँदै भने, “समाचार लेख्ने बानी बसालौँ, मर्यादित पत्रकारिता गरौँ। पत्रकारमाथि समाजमा उठेका प्रश्नहरूको जवाफ हामीले आफ्नो कर्म र कामबाट दिनुपर्छ।” भने,

प्रेस चौतारीका केन्द्रीय सदस्य शकील अहमद कादरीले नेपाल–भारतको मित्रवत् सम्बन्धको चर्चा गर्दै दुवै देशका पत्रकारले सामाजिक मुद्दामा निष्पक्ष लेखन गर्नुपर्नेमा जोड दिए। त्यस्तै, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य मोहम्मद आरिफ अन्सारीले नेपाल र भारतबीचको रोटी–बेटीको सम्बन्धलाई उजागर गर्दै पत्रकारको लेखनले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने बताए।

अवधी सांस्कृतिक प्रतिष्ठानका संस्थापक बिष्णुलाल कुमालले तीज पर्वको शुभकामना व्यक्त गर्दै पर्वको नाममा भित्रिएका विकृतिहरू गलत भएको भन्दै परम्परागत रीतिरिवाज अनुसार तीज मनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा भारतको आइपजा पत्रकार संघ बहराइचका पत्रकारहरू विनय रस्तोगी, सोनू रस्तोगी, अमरनाथ पाण्डेय, जुनेद बेग, अब्दुल कादिर, फराज अन्सारी, सलमान असलम, महफूज भाई र जावेद तन्नुलाई अवधी पत्रकार संघ नेपालले सम्मान गरेको थियो। उद्योग वाणिज्य संघ नेपालगन्जका पूर्वअध्यक्ष नन्दलाल बैश्यले भारतीय पत्रकारहरूलाई स्वागत गर्दै मन्तव्य राखेका थिए।

भारतीय पत्रकार फराज अन्सारीले सहभागिताको अवसर प्रदान गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै भने, “हामी मित्रराष्ट्र मात्र नभएर असल छिमेकी पनि हौँ। यस्ता कार्यक्रमले हाम्रो पुरातन सम्बन्धलाई थप प्रगाढ बनाउँछ।” भने ,

कार्यक्रमको सञ्चालन सन्ध्या शर्माले गरेकी थिइन् भने अवधी हास्यव्यंग्य कलाकार शिवप्रसाद पाठकले कविता वाचन गरी कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए।

कार्यक्रमले नेपाल–भारतबीचको पत्रकारितामार्फत सामाजिक र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने सन्देश प्रवाह गरेको अवधी पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष समीर अलि सलमानीले भने।

Leave a Comment

सम्बन्धित खबर