जगत ज्योति मा.वि. नेपालगन्जमा नयाँ भवन निर्माण सम्पन्न

संवाददाता
संवाददाता

२४ असार २०८२ मंगलवार / मेराज सल्मानी

नेपालगन्ज, बाँके श्री जगत ज्योति माध्यमिक विद्यालय, वसुदेवपुर, नेपालगन्ज–१९, बाँकेमा निर्माणाधीन दुई कोठे र चार कोठे पक्की भवनको निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ।

विद्यार्थीहरूलाई सुरक्षित र आधुनिक शैक्षिक वातावरण प्रदान गर्ने उद्देश्यले निर्माण गरिएका यी भवनहरूमा भूकम्प प्रतिरोधी संरचना, हावापानीको उचित व्यवस्था र आधुनिक सुविधाहरू समावेश छन्। स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, अभिभावक र सम्बन्धित निकायहरूको सहयोगमा यो कार्य सम्पन्न भएको हो।

विद्यालयका प्रधानाध्यापक ईश्वर पौडेलले नयाँ भवनले विद्यार्थी संख्यामा वृद्धि हुने र शिक्षण सिकाइको गुणस्तरमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे। यो निर्माणले विद्यालयको शैक्षिक पूर्वाधारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Leave a Comment

सम्बन्धित खबर