
२४ असार २०८२ मंगलवार / मेराज सल्मानी

वडा प्रहरी कार्यालय, नेपालगञ्ज मा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।जनपद प्रहरी समुहतर्फका प्रहरी सहायक हवल्दारहरू प्रहरी हवल्दारमा तथा प्रहरी जवानहरू प्रहरी सहायक हवल्दारमा बढुवा भएका थिए।

बढुवा भएका प्रहरी कर्मचारीहरूलाई वड़ा प्रहरी कार्यालय नेपालगंज का कार्यालय प्रमुख प्रहरी निरीक्षक अरुण बमज्यूले दर्ज्यानी चिन्ह लगाई सुशोभन गर्नुभएको हो।

कार्यक्रममा प्रमुख बमज्यूले पदोन्नति प्राप्त प्रहरीहरूलाई बधाई तथा आगामी कार्यकालमा इमान्दारिता, निष्ठा र सेवा भावले काम गर्न प्रेरणा दिनुभयो। कार्यक्रममा अन्य प्रहरी अधिकृत, कर्मचारी तथा स्थानीय समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो ।
