
६ असार, काठमाडौँ । तामाकोसी सन्देश साप्ताहिकका प्रकाशक तथा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका पूर्वकोषाध्यक्ष तथा वरिष्ठ पत्रकार रामचन्द्र बस्नेत माथि विन मिडिया प्रा.लि.मा कार्यरत लिला थापाद्वारा गरिएको गालीगलौज, अभद्र व्यवहार र ज्यान मार्ने धम्की प्रति नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

शाखाका सचिव रमेश कुमार बोहोराले एक विज्ञप्ति जारी गर्दै उक्त घटना केवल व्यक्तिगत रिसइवी वा असहिष्णुताको परिणाम नभई स्वतन्त्र पत्रकारिता माथिको प्रत्यक्ष हमला भएको ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको आपत्तिजनक व्यवहारले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमा गम्भीर आघात पुर्याएको छ, जुन कुनै हालतमा स्वीकार्य छैन ।’
