
नेपालगञ्ज, २२ असार २०८२

रा प्र पा नेपाल बाँकेले श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह देवको जन्मोत्सवको अवसरमा भव्य र सभ्य दीप प्रज्वलन समारोह आयोजना गर्ने निर्णय गरेको छ। उक्त समारोह यही असार २३ गते सोमवार साँझ ६ बजे त्रिभुवन चोक, नेपालगञ्जमा आयोजना हुने बताएको छ ।
रा प्र पा नेपाल बाँकेका जिल्ला अध्यक्ष दीपेन्द्र बहादुर सिंहले सम्पूर्णलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्नुभएको छ। यो समारोहलाई भव्य र सभ्य बनाउन सबैको सहभागिता अपेक्षित रहेको उहाँले बताए ।

