झापा-५ मा विजयी बालेन्द्र साहलाई ओलीको बधाई

संवाददाता
संवाददाता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा-५ बाट निर्वाचित भएका बालेन्द्र साह (बालेन) लाई बधाई दिएका छन्।

शनिबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै ओलीले बालेन्द्र साहलाई निर्वाचनमा प्राप्त सफलताका लागि शुभकामना व्यक्त गरेका हुन्।

सामाजिक सञ्जालमा उनले बालेनलाई सम्बोधन गर्दै विजयप्रति बधाई प्रकट गरेका छन् तथा आगामी पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गरेका छन्।

झापा-५ निर्वाचन क्षेत्रमा भएको प्रतिस्पर्धामा बालेन्द्र साहले केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।

यस परिणामसँगै उक्त क्षेत्रको प्रतिनिधित्व अब बालेन्द्र साहले गर्ने भएका छन्।

स्रोत : प्रशासन

Leave a Comment

सम्बन्धित खबर