
नेपालगन्ज । प्रतिनिधिसभाको निर्वाचनको मतगणना जारी रहँदा रास्वपा दुई तिहाइ बहुमततर्फ अग्रसर भएको छ। अहिलेसम्म रास्वपाले ३९ स्थानमा जित हासिल गरिसकेको छ र ८३ स्थानमा अग्रता कायम छ।

नेपाली कांग्रेसले ५ स्थानमा जित र ११ मा अग्रता, एमालेले २ मा जित र ८ मा अग्रता, नेपाली कम्युनिस्ट पार्टीले २ मा जित र ७ मा अग्रता लिएको छ। स्वतन्त्र उम्मेदवार महावीर पुन म्याग्दीबाट विजयी भएका छन्।
मुख्य विजेताहरू:
रास्वपा: काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रूपन्देही, बारा, पर्सा, नुवाकोट, गुल्मी, तनहुँ, आदि
कांग्रेस: तेह्रथुम, मनाङ, मुस्ताङ, दैलेख, डोटी
एमाले: बाँके, बझाङ
नेकपा: रुकुम पूर्व, कालिकोट
स्वतन्त्र: म्याग्दी
निर्वाचनको अन्तिम नतिजा अझै आउन बाँकी छ।
स्रोत : विश्व खबर
