
नेपालगञ्ज, १४ असार २०८२ । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–२, बागेश्वरी मन्दिर नजिकै लागू औषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत, उत्तर प्रदेश, बहराइच, केवलपुर–१३ निवासी २४ वर्षीय मोहम्मद आरिफ रहेका छन्।

प्रहरीले शङ्काको आधारमा चेकजाँच गर्दा आरिफको साथबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ २० ग्राम ९२० मिलिग्राम फेला पारेको हो। उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।
