बाँकेमा बेवारिसे शव फेला, पहिचानका लागि प्रहरीको अनुरोध

संवाददाता
संवाददाता

नेपालगञ्ज, १५ असार २०८२ । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका-६, कान्तीताल जाने बाटोमा मिति २०८२।०३।१५ गते बिहान अन्दाजी १०:०० बजे एक अज्ञात पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। प्रहरीका अनुसार अन्दाजी ३५-३६ वर्षको उक्त पुरुष अचेत अवस्थामा फेला परेपछि तत्काल भेरी अस्पताल, नेपालगञ्जमा उपचारका लागि पठाइएको थियो। तर, अस्पतालले बिहान १०:२० बजे उनको मृत्यु भएको घोषणा गरेको छ।हाल उक्त शव भेरी अस्पतालमा राखिएको छ। मृतकको नाम, ठेगाना वा अन्य परिचय खुल्न नसकेकोले प्रहरीले चिन्ने व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय, बाँकेमा सम्पर्क गर्न अनुरोध गरेको छ। थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा सम्पर्क गर्न सकिनेछ।

Leave a Comment

सम्बन्धित खबर