१२ जिल्लामा सीडीओ हेरफेर (सूचीसहित)

संवाददाता
संवाददाता

४ भदौ २०८२ बुधबार

गृहमन्त्रालयले १२ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हेरफेर गरेको छ। गृहमन्त्री रमेश लेखकले बुधबार निर्णय गर्दै उपसचिव सीडीओ हुने जिल्लाहरूमा सरुवाको निर्णय गरेका हुन्।

बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रुकुमपूर्व, म्याग्दी, कालीकोट, रुकुमपश्चिम, डोल्पा र हुम्लामा सीडीओ हेरफेर गरिएको छ।

पर्वतका सहायक सीडीओ गणेशप्रसाद पौडेललाई बाजुराको जिम्मेवारी दिइएको छ। बाँकेका खडानन्द खत्रीलाई मुगु र नक्खु कारागारका जेलर भीमराज कोइरालालाई डोल्पा पठाइएको छ।

कारागार व्यवस्थापन विभागका निर्देशक टेककुमार रेग्मी हुम्लाको सीडीओ भएर गएका छन्।  अन्य गृहमन्त्रालयका उपसचिवलाई पनि सीडीओको जिम्मेवारी दिइएको छ।

यी हुन् नयाँ सीडीओहरू

यसअघिका सीडीओ को कहाँ सरुवा भए?  

स्रोत : नेपालखबर

Leave a Comment

सम्बन्धित खबर