
नेपालगन्ज, ३ भदौ २०८२ – जनता समाजवादी पार्टी (जसपा) नेपालले मंगलवार बेलुका नेपालगन्जमा सरकारको गैरजिम्मेवार रवैया र सर्वोच्च अदालतको परमादेशप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेको छ।


गौर हत्याकाण्डको छानबिन गर्न सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध मधेस प्रदेशका विभिन्न जिल्लाहरूसँगै बाँकेमा पनि जसपा नेपालका नेता तथा कार्यकर्ताहरूले विरोध जनाएका हुन्।
विरोध प्रदर्शन जसपा नेपालको बाँके जिल्ला कार्यालयबाट सुरु भएको थियो। प्रदर्शनकारीहरूले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध नाराबाजी गर्दै त्रिभुवन चोकमा पुगेर कोणसभामा सहभागी भएका थिए।

कोणसभामा केन्द्रिय तथा प्रदेशका नेताहरूले सरकारको नीति र सर्वोच्चको परमादेशलाई लिएर आफ्नो असहमति र आक्रोश व्यक्त गरे। प्रदर्शनकारीहरूले भूमि विधेयकसँग जोडिएको परमादेशलाई सरकारी जालझेलको हिस्सा भएको आरोप लगाएका छन्।

पार्टी आफ्नो ५० बढी कार्यकर्ताहरु सहितको विरोध प्रदर्शनमा उत्रिएको थिए , सोही विरोध प्रदर्शनमा जसपा नेपाल बाँकेका जिल्ला अध्यक्ष कौशलकुमार धोबी, केन्द्रीय सचिव कमरुद्दीन राई, केन्द्रीय सदस्यहरू बेबी तबस्सुम अन्सारी र रामकुमार यादव, प्रदेश समितिका महासचिव राजन राना मगर, प्रदेश उपाध्यक्ष बाबू खान पठान, जिल्ला सचिव सूर्यलाल यादव लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

जसपा नेपालले सर्वोच्चको परमादेशलाई भूमि विधेयकको बार्गेनिङका लागि प्रयोग गरिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएको छ। नेताहरूले यो परमादेशले मधेसका जनताको अधिकारमाथि अतिक्रमण गरेको र सरकारले लोकतन्त्रको रक्षा गर्नुको सट्टा जनविरोधी नीति अघि सारेको आरोप लगाएका छन्। कोणसभामा बोल्दै नेताहरूले मधेसका मुद्दाहरूलाई बेवास्ता गरिएको र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भएको बताए।

विरोध प्रदर्शन बाके नेपालगन्ज ,मधेस प्रदेशका अन्य जिल्लाहरू धनुषा, सिरहा, सप्तरी लगायतमा पनि भएको छ, जहाँ जसपा नेपालका कार्यकर्ताहरूले मशाल जुलुस र सडक अवरुद्ध गरेर आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।

जसपा नेपालले लोकतन्त्रको रक्षा र मधेसका जनताको अधिकार सुनिश्चित गर्न आफ्नो आन्दोलनलाई निरन्तरता दिने जनाएको छ। पार्टीले संविधान संशोधन र मधेसी समुदायको पहिचानलाई सम्मान गर्ने मुद्दालाई प्राथमिकतामा राख्दै आएको केन्द्रीय सचिव कमरुद्दीन राई, केन्द्रीय सदस्यहरू बेबी तबस्सुम अन्सारीले भने,
