नेपाल आर्य समाज, शाखा नेपालगञ्ज द्वारा ५२५२ औँ श्रीकृष्ण जन्माष्टमीको भव्य आयोजन

संवाददाता
संवाददाता

नेपालगञ्ज, ३१ श्रावण २०८२ – नेपाल आर्य समाज, शाखा नेपालगञ्जको आयोजनामा ५२५२ औँ श्रीकृष्ण जन्माष्टमीको अवसरमा शनिवार (३१ श्रावण २०८२) मा विभिन्न धार्मिक कार्यक्रमहरू भव्यताका साथ सम्पन्न गरेको छ।

यो पवित्र पर्वलाई उत्साह र श्रद्धापूर्वक मनाउन नेपाल आर्य समाजले सम्पूर्ण आर्यजन तथा भक्तजनलाई परिवारसहित उपस्थित हुन हार्दिक निमन्त्रणा गरेको छ।

१. बिहानको कार्यक्रम (शिव मन्दिर धर्मशाला, नेपालगञ्ज):
समय: बिहान ९:०० बजे देखि ११:०० बजे सम्म
कार्यक्रम: सन्ध्या यज्ञ, भजन, प्रवचन र प्रसाद वितरण
बाहिरबाट आमन्त्रित विद्वानहरूले यज्ञ, भजन र प्रवचनमार्फत भगवान श्रीकृष्णको महिमा र वैदिक सन्देश प्रस्तुत गर्नेछन्।


२. साँझको कार्यक्रम (बागेश्वरी पार्क, नेपालगञ्ज):
समय: साँझ ५:३० बजे देखि राति १२:०० बजे सम्म
कार्यक्रम: सन्ध्या यज्ञ, भजन, प्रवचन र प्रसाद वितरण रहेको शाखाले बताएको छ।

कार्यक्रममा योगेश्वर श्रीकृष्णको जन्मोत्सवलाई विशेष रूपमा स्मरण गरिनेछ। भक्तजनहरूले यज्ञमा सहभागिता जनाई भजन र प्रवचनको माध्यमबाट वैदिक ज्ञान र भगवान श्रीकृष्णको उपदेशहरू ग्रहण गर्ने अवसर प्राप्त गर्नेछन्।

नेपाल आर्य समाज, शाखा नेपालगञ्जले सम्पूर्ण भक्तजनलाई यो पवित्र अवसरमा सहभागी भई वैदिक संस्कृतिको संरक्षण र प्रचारमा योगदान पुर्‍याउन आह्वान गरेको छ। समाजले यस्ता कार्यक्रमहरू मार्फत वैदिक जागरण अभियानलाई निरन्तरता दिँदै आएको छ, जसले सत्य, धर्म र नैतिकताको सन्देश फैलाउने उद्देश्य राखेको आयोजकले भने,

बिहानको कार्यक्रम : शिव मन्दिर धर्मशाला, बिहान ९:०० देखि ११:०० बजे

साँझको कार्यक्रम : बागेश्वरी पार्क, साँझ ५:३० देखि राति १२:०० बजे यही श्रावण ३१, शनिवार हुने आयोजक: नेपाल आर्य समाज, शाखा नेपालगञ्जले बताएको छ।

Leave a Comment

सम्बन्धित खबर