
बाँके, नेपालगन्ज, २० साउन २०८२ – नेपालको तराई क्षेत्रमा लोकप्रिय परम्परागत मार्शल आर्ट लाठी खेलको संरक्षण र प्रवर्द्धनका लागि जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट्स क्लब लाठी समिति नेपालगन्ज बाँकेले मंगलवार नेपालगन्जमा एक कार्यक्रम आयोजना गरि दशैंअघि प्रशिक्षण कार्यक्रम शुरू गरेको छ।

यो खेल, जुन नेपाल, भारत र बंगलादेशमा प्रचलित छ, बंगाली संस्कृतिसँग गहिरो रूपमा जोडिएको छ र शारीरिक कौशल, आत्मरक्षा तथा सांस्कृतिक पहिचानको प्रतीक मानिन्छ।
लाठी खेलको विशेषताको बारेमा बताउदै नेपालगन्जका लाठी गुरु,आदरणीय प्रशिक्षक राजकुमार आर्यले भने,लाठी खेलमा ६ देखि ८ फिट लामो बाँसको लाठी प्रयोग गरिन्छ, जसलाई लोहेको छल्लाले बलियो बनाइन्छ। यो खेलमा लाठीलाई कुशलतापूर्वक चलाउने, आक्रमण र बचाउ गर्ने, र विभिन्न शारीरिक चालहरू प्रदर्शन गर्ने कला समावेश हुन्छ। अभ्यासकर्तालाई ‘लाठियल’ भनिन्छ। नरम बाँसको लाठी वा छोटो ‘बारी’ (ब्याटन) प्रयोग गरी नकली लडाइँ (नोरी बारी) मा ढालसँग पनि यो खेल खेलिन्छ। यो खेलले शारीरिक तन्दुरुस्ती, सन्तुलन, एकाग्रता र रणनीतिक सोचको विकास गर्छ। ऐतिहासिक रूपमा यो खेल दक्षिण एसियाको आदिवासी समुदायमा आत्मरक्षा र सामाजिक शक्तिको प्रतीकका रूपमा प्रचलित रहेको थियो प्रशिक्षक आर्यले बताए ।
प्रशिक्षक आर्य, तथा अनुप गुप्ताको अनुसार सांस्कृतिक र सामाजिक महत्त्वबारे प्रकाश पार्दै भने, लाठी खेल केवल शारीरिक व्यायाम मात्र नभई सांस्कृतिक धरोहरको संरक्षण र आत्मरक्षाको प्रभावकारी माध्यम हो। यो खेलले अनुशासन, आत्मविश्वास र शारीरिक सक्षमता बढाउँछ। नेपालमा मार्शल आर्ट र परम्परागत खेलप्रति बढ्दो रुचिका बीच लाठी खेलले युवाहरूलाई आफ्नो संस्कृतिसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्छ। चाडपर्व र मेलाहरूमा आयोजना हुने लाठी खेल प्रदर्शनले सामुदायिक एकता र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्छ। “जो लाठी चलाउँछ, उसले गाई राख्छ” भन्ने उखानले यसको सामाजिक र आर्थिक महत्त्व झल्काउँछ।
सहभागी सम्मानित स्थानीय रामजी पाठकको अनुसार संरक्षणको चुनौती र आवश्यकता छ। शहरीकरण र आधुनिकताका कारण लाठी खेलको लोकप्रियता घट्दै गएको छ। विज्ञहरूले यसको संरक्षणका लागि सरकारी र गैरसरकारी निकायहरूलाई प्रशिक्षण केन्द्र स्थापना गर्न र स्कूल–कलेजहरूको पाठ्यक्रममा समावेश गर्न सुझाव दिएका छन्। साथै, लाठी खेललाई पर्यटनसँग जोडेर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नाले नेपालको सांस्कृतिक सम्पदालाई विश्वमाझ चिनाउन सकिन्छ बताए ।
नेपालगन्जमा शुरू भएको प्रशिक्षण कार्यक्रमले स्थानीय युवाहरूलाई लाठी खेलको प्रशिक्षण प्रदान गर्नुका साथै सांस्कृतिक जागरण ल्याउने लक्ष्य राखेको छ। यो कार्यक्रमले दशैंको अवसरमा हुने सांस्कृतिक प्रदर्शनका लागि खेलाडी तयार गर्नेछ। आयोजकहरूले यो पहलले लाठी खेलको पुनरुत्थानमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट्स क्लब लाठी समितिको अध्यक्ष गौरव कनोजियले भने,
लाठी खेलले शारीरिक र मानसिक स्वास्थ्यलाई बलियो बनाउनुका साथै नेपालको परम्परागत कला र कौशललाई जीवन्त राख्ने अपेक्षा गरिएको छ। यसको संरक्षण र प्रवर्द्धनले नेपालको सांस्कृतिक धरोहरलाई भावी पुस्तासम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने उपमहानगरपालिका ११ नम्बर वडा सदस्य राजेश गुप्ताले बताए ।
