यादव र पण्डितले छाडे जसपा नेपाल

संवाददाता
संवाददाता

मलंगवा,सर्लाही / मुकेश झा

मलंगवा,सर्लाही –  जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीका नेता गणेशकुमार यादव र मुकेशकुमार पण्डितले आज एकैसाथ पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उनीहरु दुवै जना २० वर्षअघि मधेश जनविद्रोह सुरु हुँदा देखि नै यो पार्टीमा आवद्ध भएका थिए । गएको चैतमा जसपा नेपाल सर्लाहीको जिल्ला कार्य समिति विघटन हुनुअघि हरिपूर्वा नगरपालिका निवासी यादव वरिष्ठ उपाध्यक्ष र मलंगवा नगरपालिका निवासी पण्डित उपाध्यक्ष थिए ।

पार्टीभित्र सर्लाहीमा देखिएको गुटउपगुटका सम्वन्धमा केन्द्रीय समितिलाई बारम्बार जानकारी गराउँदा पनि सुनुवाई नगरेको र यो पार्टीमा बसिरहँदा राजनीतिक भविष्य समेत नदेखेर राजिनामा दिएको दुवै नेताले दिएको राजिनामा पत्रमा उल्लेख गरिएको छ ।

यादव र पण्डितले अहिलेसम्मको राजनीतिक यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आजैका मितिदेखि जसपा नेपालको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको बताएका छन् ।

जसपा नेपाल परित्याग गरेका उनीहरु आगामी दिनमा अन्य राजनीतिक दलमा प्रवेश गर्ने सम्भावना रहेको छ ।

Leave a Comment

सम्बन्धित खबर

दुर्गा प्रसाईं आजै निस्किने

दुर्गा प्रसाईं आजै निस्किने

२०८२ श्रावण १९, सोमबार १६:२५
दुर्गा प्रसाईं आजै निस्किने

दुर्गा प्रसाईं आजै निस्किने

२०८२ श्रावण १९, सोमबार १६:२५