सावन महिनामा शिव मन्दिरहरूमा भजन-कीर्तनको उत्साह

संवाददाता
संवाददाता

नेपालगन्ज १२ साउन २०८२

सावन महिनाको तेस्रो सोमबार बाँके जिल्लालगायत देशभरका शिव मन्दिरहरूमा भक्ति र आस्थाको अद्भुत वातावरण देखियो। प्रत्येक सोमबार शिव मन्दिरहरूमा भजन-कीर्तनका कार्यक्रमहरू आयोजना भइरहेका छन्, जसमा लाखौँ भक्तहरूले भगवान् भोलनाथको पूजा-अर्चना र जलाभिषेकमा सहभागिता जनाइरहेको स्थानीय शिवभक्त राम किशुन साहूले बताए ।

यसपटक सावन महिनामा पाँच सोमबार परेकाले भक्तहरूमा विशेष उत्साह देखिको साहूले भने।

यसैगरी एकजना आर्को स्थानीय शिवभक्त गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशन संरक्षक प्रदीप शाहको अनुसार बाँके गाउँको शिवपुरी मन्दिर, त्रिवेणी मोड, त्रिभुवन चोक, रानीतलाउ राझास्थित पशुपतिनाथ मन्दिर, उदयपुरस्थित द्वादश ज्योतिर्लिङ्ग र अन्य प्रमुख शहर, गाउँ तथ शिव मन्दिरहरूमा बिहानैदेखि भक्तहरूको ठूलो भीड उमडिएको छ।

मन्दिर परिसर ‘ॐ नमः शिवाय’ र ‘हर हर महादेव’ को जयघोषले गुन्जायमान भएको दृश्य देखिने गरेको छ। भक्तहरूले शिवलिङ्गमा बेलपत्र, दूध, दही, घी, मह र गङ्गाजलले जलाभिषेक गरी सुख-समृद्धिको कामना गरे।

संरक्षक प्रदीप शाहले भने, कावँड यात्रा पनि यो अवसरमा आकर्षणको केन्द्र बनेको छ, जसमा युवाहरू ‘बोल बम’ को नारा लगाउँदै नदीहरूबाट जल ल्याएर शिव मन्दिरहरूमा पुग्ने गरेका छन ।

Leave a Comment

सम्बन्धित खबर