
नेपालगन्ज, ९ साउन २०८२ – नेपाल पत्रकार महासंघ, बाँकेको आयोजना र नेपालगन्ज उद्योग वाणिज्य संघको सहकार्यमा ‘मिडिया र निजी क्षेत्रः सहकार्य र सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रम आज नेपालगन्जको होटल पौवामा सम्पन्न भएको छ।

कार्यक्रममा सञ्चारकर्मी, उद्योगी, व्यवसायी र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नबीन गिरीले मिडिया र निजी क्षेत्रबीचको सम्बन्धलाई बलियो बनाउन, सहकार्यका सम्भावनाहरू पहिचान गर्न र पारदर्शिता तथा विश्वासको वातावरण सिर्जना गर्न यो कार्यक्रम आयोजना गरिएको बताए।
यसैगरी कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले यो अन्तरक्रियाले सञ्चार माध्यम र व्यवसायीहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रमले मिडिया र निजी क्षेत्रबीचको सहकार्यलाई प्रवर्द्धन गर्न र आपसी समझदारी बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
