
नेपालगन्ज: बिहीबार बिहान शिवभक्तिमा रंगिएको नेपालगन्ज नगरमा बिहीबार भक्तिमय दृश्यको साक्षी बन्यो। भारत उत्तर प्रदेश तहशील नानपाराका भक्तगणहरु सरयू नदीको शिवपुर तकिया घाटबाट जल लिएर निस्केका करिब ३,००० कांवडियाहरूले ‘बोल बम’ को गूँजन सहित मैत्रीपुर्ण जल अर्पण गर्न नेपालगन्ज आइपुगेका थिए ।

यसैगरी शिवभक्तहरु बुधबार रुपइडिहामा रहेको श्री संकट मोचन हनुमान मन्दिर पुगे। त्यहाँ कांवडियाहरूले रात्री विश्राम गरे र बिहीबार बिहान नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिरमा जलाभिषेक गरी जुङ्गे महादेवलाई मैत्रीपुर्ण जल अर्पण गरे।
सम्पूर्ण आयोजनलाई विशेष बनाउन रुपईडीहा नगर पंचायतको अभूतपूर्व व्यवस्थाको सर्वत्र प्रशंसा भइरहेको छ। कांवड यात्राका लागि नगर पंचायतले व्यापक व्यवस्था गरेको थियो। नगर क्षेत्रमा आकर्षक सेल्फी प्वाइन्ट बनाइएको थियो, जसले गर्दा कांवडियाहरूलाई यात्राको सम्झना जोगाइ राख्न अवसर प्रदान गर्यो। मार्गमा विभिन्न स्थानमा पिउने पानीको व्यवस्था गरिएको थियो।
कांवडियाहरूका लागि महर्षि कश्यप चौक र सेन्ट्रल बैंक चौराह नजिक जलपान केन्द्र स्थापना गरिएको थियो, जहाँ कांवडियाहरूलाई पानी र हल्का खाजा उपलब्ध गराइयो। नहरदेखि मन्दिरसम्मको बाटोमा कांवडियाहरूको आवागमन अघि सडकमा पानी छर्किएको थियो। साथै, बाटोको सरसफाइ र चुन छर्कने कार्य रुपईडीहा नगर पंचायतले गरेको थियो।
यस्तै मित्र राष्ट्र भारतबाट आएका कांवडियाहरूका लागि गाडीहरू बाट स्कर्टिङ गरेर नेपालगन्ज स्थानीय प्रहरी प्रशासनले शान्ति, सुरक्षा र यातायात नियन्त्रणमा उत्कृष्ट समन्वय देखाएको दृश्यले तहशील नानपाराको शिवभक्तहरु प्रसंशा गरेका थिए। सम्पूर्ण नगरमा श्रद्धा र अनुशासनको अनुपम संगम देखिएको थियोे ।
