तत्कालीन बाँके प्रहरी प्रमुख तुलबहादुर कार्की एसएसपीमा बढुवा सिफारिस

संवाददाता
संवाददाता

नेपालगञ्ज, ५ साउन २०८२ तत्कालीन बाँके जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन्। नेपाल प्रहरीको हालै बसेको बढुवा सिफारिस समितिले कार्कीलाई एसएसपी पदका लागि योग्य ठहर गर्दै सिफारिस गरेको हो।

बाँकेमा कार्यरत रहँदा कार्कीले जिल्लाको शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र समुदाय–प्रहरी साझेदारी अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएका थिए। सेवा, अनुशासन र इमानदारीका लागि परिचित कार्कीले लागूऔषध नियन्त्रण, महिला हिंसाविरुद्धको अभियान र जनचेतनामूलक कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

उनको बढुवा सिफारिससँगै नेपाल प्रहरी संगठनमा अनुभवी र सक्षम नेतृत्व थप सशक्त हुने विश्वास गरिएको छ। प्रहरी संगठन, स्थानीय जनप्रतिनिधि, पत्रकार र सर्वसाधारणले कार्कीलाई बधाई दिँदै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्।

 

 

 

 

 

 

— मेराज सलमानी

Leave a Comment

सम्बन्धित खबर