उप–महानगरपालिकाको कडा निर्देशन : विद्यालय पोसाकमा मनपरी रोक्न स्वदेशी कपडा प्रयोग गर्नुपर्ने

संवाददाता
संवाददाता

नेपालगञ्ज, बाँके – नेपालगञ्ज उप–महानगरपालिकाले विद्यालय पोसाकको नाममा भइरहेको अनियमितता र अभिभावकमाथिको आर्थिक बोझ कम गर्न कडा निर्देशन जारी गरेको छ। शिक्षा, युवा तथा खेलकुद महाशाखाले सबै विद्यालयलाई पत्र लेख्दै पोसाकमा स्वदेशी उत्पादनको कपडा प्रयोग गर्न र पोसाक परिवर्तन गर्नुपरे वार्षिक परीक्षा अगावै अभिभावकलाई जानकारी गराउन अनिवार्य गरेको छ।

महाशाखा प्रमुख उपसचिव गोरख बहादुर थापाद्वारा हस्ताक्षरित पत्रमा विद्यालयहरूले पोसाक सिलाउने क्रममा कमिसनको आधारमा व्यवसायी चयन गरेको गुनासो आए कडा कारबाही गरिने चेतावनी दिइएको छ। साथै, व्यावसायिक लाभका लागि कारोबार गरेको पाइएमा तत्काल बन्द गरिने उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय बाँकेको आग्रहमा जारी यो निर्देशनले विद्यालय व्यवस्थापनलाई पारदर्शी बनाउने र अभिभावकको आर्थिक भार घटाउने अपेक्षा गरिएको छ।

Leave a Comment

सम्बन्धित खबर