रुपइडिहा,५० ग्राम स्म्याकसहित एक अभियुक्त पक्राउ

संवाददाता
संवाददाता

नेपालगन्ज / रुपईडीहा (बहराइच) । प्रहरी र सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले ५० ग्राम स्म्याकसहित एक युवकलाई पक्राउ गरेको छ।

रुपईडीहा थाना प्रभारी निरीक्षक रमेश सिंह रावतको नेतृत्वमा प्रहरी र एसएसबीको संयुक्त टोलीले रुपईडीहा थाना क्षेत्रअन्तर्गत भारत-नेपाल सीमाको पिलर नम्बर ६५१/११ नजिकै भारतीय क्षेत्रमा घेराबन्दी गरी एक शंकास्पद युवकको खानतलासी गर्दा उनको कब्जाबाट ५० ग्राम स्म्याक बरामद भएको छ।

पक्राउ परेका अभियुक्तको पहिचान २३ वर्षीय मकसूद आलम, नई बस्ती, कस्बा थाना रुपईडीहा, बहराइचका बासिन्दाको रूपमा भएको छ।

बरामद गरिएको स्म्याकको अन्तर्राष्ट्रिय बजारमा मूल्य करिब ३० लाख भारतीय रुपैयाँ रहेको बताइएको छ। प्रहरीले अभियुक्तविरुद्ध रुपईडीहा थानामा एनडीपीएस ऐनअन्तर्गत मुद्दा दर्ता गरी उनलाई न्यायालयमा पेश गरिएको rupaidiha.in ले जनाएको छ।

Leave a Comment

सम्बन्धित खबर