लुम्बिनी प्रदेश प्रहरीलाई अत्याधुनिक उपकरण हस्तान्तरण

संवाददाता
संवाददाता

बांके २०८२ असार ३२ गते

लुम्बिनी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको शान्ति सुव्यवस्था, अपराध अनुसन्धान र ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोगलाई सशक्त बनाउन अत्याधुनिक उपकरणहरू प्रहरीलाई हस्तान्तरण गरेको छ।

मन्त्रालयले विनियोजन गरेको रु. २० लाख बजेटबाट खरिद गरिएका वाक थ्रु मेटल डिटेक्टर २ थान र ड्रोन क्यामेरा (DJI Mavic 3 Pro) २ थान आज एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्र भट्टलाई माननीय आन्तरिक मामिला तथा कानुन मन्त्रीआदेश कुमार अग्रवाल ज्यूले हस्तान्तरण गर्नुभयो।उक्त कार्यक्रमले प्रविधिसम्पन्न प्रहरी सेवातर्फको कदमलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

ड्रोन क्यामराले निगरानी, ट्राफिक नियमन तथा आपराधिक गतिविधि निगरानीमा महत्वपूर्ण भूमिका खेल्नेछ भने वाक थ्रु मेटल डिटेक्टरले सुरक्षा जाँचलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

Leave a Comment

सम्बन्धित खबर