त्रिवेणी मोडमा विद्युत पोलमा आगलागी, समयमै नियन्त्रण

संवाददाता
संवाददाता

नेपालगन्ज, २७ असार २०८२ – नेपालगन्ज उपमहानगरपालिकाको त्रिवेणी मोडमा रहेको विद्युत पोलमा आज आगलागी भएको छ।

गर्मी मौसमको बढ्दो प्रभावले नेपालगन्जमा विद्युत पोलमा आगलागीको जोखिम बढेको छ। शुक्रबार साझ त्रिवेणी मोडमा रहेको एक विद्युत पोलमा भएको आगलागीको घटनाले यो समस्यालाई थप उजागर गरेको छ। उक्त घटनामा प्रहरी, ट्राफिक प्रहरी, दमकलकर्मीहरूले तत्काल पुगेर आगो नियन्त्रण गरे पनि गर्मी मौसममा यस्ता दुर्घटना बारम्बार दोहोरिने खतरा रहेको छ।

गर्मी मौसममा तापक्रम वृद्धिसँगै विद्युत प्रणालीमा ओभरलोडिङ र सर्ट सर्किटका घटनाहरू बढ्ने गर्छन्। नेपालगन्जमा विद्युत पोलहरूमा टेलिफोन, इन्टरनेटलगायतका  तारहरू अव्यवस्थित रूपमा जोडिएको र तिनको उचित व्यवस्थापन नहुँदा आगलागीको जोखिम थप बढेको छ। यस्ता तारहरूको थुप्रोले पोलहरूमा अतिरिक्त भार पर्नुका साथै साना प्राविधिक समस्याले पनि ठूलो दुर्घटना निम्त्याउने खतरा रहन्छ।

स्थानीयवासीका अनुसार, नेपालगन्ज उपमहानगरपालिकाका चोक र गल्लीहरूमा यस्ता अव्यवस्थित तारहरूको समस्या लामो समयदेखि कायम छ। गर्मीमा तारहरू तात्ने र सर्ट सर्किट हुने सम्भावना बढी हुने भएकाले यस्ता घटनाहरू थप जटिल बन्न सक्छन्। सम्बन्धित निकायहरूले यसतर्फ ध्यान नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन्।

केहि स्थानीयहरुले गर्मी मौसममा विद्युत प्रणालीको नियमित मर्मत, तारहरूलाई व्यवस्थित राखन र ओभरलोडिङ नियन्त्रण गर्न आवश्यक कदम चाल्न सुझाव दिएका छन्। साथै, नेपालगन्ज उपमहानगरपालिकालाई यस्ता समस्याहरूको दीर्घकालीन समाधानका लागि तत्काल योजना बनाउन स्थानीयले भने,

गर्मी मौसमको प्रभावले आगलागीको जोखिम मात्र नभई स्थानीयको दैनिक जीवनमा समेत असर परिरहेको स्थानीयले बताए।

Leave a Comment

सम्बन्धित खबर