
२७ असार २०८२ शुक्रबार

नेपालगन्ज : बिबिए सेकेण्ड सेमेष्टरका उत्कृष्ट विद्याथीहरुका लागि ल्यापटप वितरण एंव सम्मान कार्यक्रम आज नेपालगन्जमा भएको छ । टीआरटिआई कलेज नेपालगन्ज १० बाँकेको आयोजनामा कलेजका २८ जना जेहेन्दार विद्यार्थीलाई आइटिमा सहज हुन ल्यापटप वितरण गरिएको हो ।
विद्यार्थीलाई आइटीमा रिसर्च गर्न सहज हुने किसिमले विद्यार्थीहरुलाई ल्यापटप प्रदान गरिएको कलेजका कार्यकारी अधिकृत भगत बहादुर नेपालीले बताउनुभयो । विदेश जानुभन्दा आफ्नै देशमा मेहनत गर्न कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले बताउनुभयो । टीआरटिआई कलेज नेपालगन्जले आधुनिक डिजिटल व्यवस्थापन सहित अध्ययन गराई रहेको सुन्दा अति नै प्रभावित भएको बताउनुभयो । प्रदेश प्रमुख जोशीले कलेजको उन्नति प्रगति अझै नजिकदेखि नियालेर सुन्न पाउँ भनि शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख जोशीले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभियो भने कर्णाली प्रदेशको समृद्धि हुनुका साथ धेरैभन्दा धेरै युवा विदेशिनु नपर्ने बताउनुभयो । आफ्नै देशमा मेहनत गरे धेरै आम्दानी गर्न सकिने प्रमुख जोशीले भन्नुभयो । कर्णलीमा जुम्लाको स्याउ, यार्सा, विभिन्न प्रजातिका जडिबुटी, राराताल, लगायतका विभिन्न हेर्न लायक पर्यटकिय क्षेत्र रहेका छन् । दैलेखमै पेट्रोलिय पदार्थ उत्खननको पुस्ति भैसकेको छ तसर्थ अव युवाहरु देशमै मेहनत गरे सुखसाथ आफ्नै भुमिमा रमाउन र कमाउन सकिने बताउनुभयो । विदेशमा दुख गर्नुभन्दा कर्णाली कै माटोसंग रमाउनु विदेशभन्दा कयौ गुणा राम्रो हुनेमा युवाहरु ढुक्क हुने बताउनुभयो ।
कर्णाली भुमिमा अपार जडिबुटि रहेको प्रमाणित भैसकेको बताउदै प्रदेश प्रमुख जोशीले भन्नुभयो कर्णालीको सम्पुर्ण झारपात जडिबुटिको खानी हो यसलाई युवा शक्तिले सदुपयोग गर्न सके देशमै भविश्य रहेको बताउनुभयो ।
कर्णाली प्रदेश ईतिहास रचिसकेको छ जहाँ ग्यास प्रमाणित भैसकेको उहाँले बताउनुभयो । यस्तै कलेजका कार्यकारी अधिकृत भगत बहादुर नेपालीले कलेज डिजिटल मार्केटिङमा अग्रणी भुमिका खेलेको बताउनुभयो । कलष्टर लेभलबाट आएको कलेजले छोटो समयमा सफलता कायम गर्दै एमबिए कार्यक्रम संचालन गर्न लागेको समेत अधिकृत नेपालीले बताउनुभयो । टिआरटिआई कलेज आईटी मैत्री कलेज रहेको छ यसले प्रविधिमा बढि जोड दिदै आएको छ ।
कलेजका कार्यकारी अधिकृत भगत बहादुर नेपालीको अध्यक्षतामा भएको ल्यापटप वितरण तथा सम्मान कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्रोफेसर मोहनजंग शाह, समाजसेवी खगेश्वर बोहरा, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नविन गिरी, प्याव्सन बाँकेका अध्यक्ष विकास बज्रचार्य, प्याव्सन नेपालगन्ज नगरका अध्यक्ष मान बहादुर थापा, सचिव विज्ञान शाह लगायत कलेजका शिक्षक, शिक्षिका, विद्यार्थीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन प्रशंसा सुनारले गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गित, गजल, मुक्तक, चुटकिला लगायतका विभिन्न प्रकारका कला प्रस्तुत गरेका थिए ।
