नक्कली नोटसहित दुई जना पक्राउ

संवाददाता
संवाददाता

सिरहामा नक्कली नेपाली नोटजस्तो देखिने रकमसहित दुई जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत कात्तिक १३ गते राति करिब ९ बजेको समयमा सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा दुई जना व्यक्ति शंकास्पद अवस्थामा पैदल हिँडिरहेको विशेष सूचना प्राप्त भएको थियो।

सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी निरीक्षकको कमान्डमा रहेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट नक्कली नेपाली नोटजस्तो देखिने रकम बरामद गरेको हो।

 

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–८ निवासी ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाँ रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ५०० दरका ३ थान र १ हजार दरका २४ थान गरी जम्मा २५ हजार ५०० रुपैयाँ बराबरको नक्कली नोटजस्तो देखिने रकम बरामद गरेको जनाएको छ।

बरामद रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Comment

सम्बन्धित खबर