माननीय अम्बिका काफ्ले मुख्य यजमान : नेपाल आर्य समाज नेपालगञ्जको साप्ताहिक यज्ञ प्रवचन कार्यक्रम सम्पन्न

संवाददाता
संवाददाता

नेपालगञ्ज, ५ गते – नेपाल आर्य समाज नेपालगञ्जको साप्ताहिक यज्ञ प्रवचन तथा हवन कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य माननीय अम्बिका काफ्लेलाई मुख्य यजमानको रूपमा सम्मान गरिएको छ ।

समाजका अध्यक्ष राजुमान श्रेष्ठले बताएअनुसार शनिबार भएको कार्यक्रममा माननीय अम्बिका काफ्लेलाई आर्य समाजले पुस्तक प्रदान गरी सम्मान गरेको हो ।

कार्यक्रममा सहभागी हुँदा आफूलाई अत्यन्त हर्षित र खुशी लागेको बताउँदै माननीय काफ्लेले सबै आर्य बन्धु तथा बन्धुहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेकी थिइन् । उनले भनिन्, “नेपाल आर्य समाज नेपालगञ्जको साप्ताहिक यज्ञ प्रवचन कार्यक्रममा सहभागी हुन पाउँदा मलाई निकै हर्षित बनाएको छ ।”

समाजका राजकुमार आर्य (बाबाजी) ले जानकारी दिएअनुसार उक्त साप्ताहिक यज्ञ प्रवचन कार्यक्रममा आर्य समाज नेपालगञ्ज परिवारका सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

समाजले आर्य सिद्धान्तको प्रचारप्रसारसँगै समाजिक सद्भाव र एकताको सन्देश दिनुको साथै नेपाल आर्य समाज नेपालगञ्ज नियमित रूपमा साप्ताहिक यज्ञ प्रवचन तथा हवन कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष राजुमान श्रेष्ठले भने।

Leave a Comment

सम्बन्धित खबर