होरहा: बसन्त र होलीको मौसममा तराईको पारम्परिक स्वाद र उत्सव

संवाददाता
संवाददाता

नेपालगन्ज, ४ चैत ।
उत्तर भारत र नेपालको तराई क्षेत्रमा बसन्तको आगमनसँगै एउटा स्वादिष्ट र सांस्कृतिक रूपले महत्वपूर्ण व्यञ्जनले बजार र खेतहरूलाई रंगाएको छ – होरहा । विशेष गरी बाँके जिल्ला, अन्य तराईका जिल्लाहरू तथा भारतको बिहार र उत्तर प्रदेशका ग्रामीण क्षेत्रमा लोकप्रिय यो व्यञ्जन मुख्य रूपमा हरियो चना (बुट) लाई आफ्नै बिरुवा (झाड) सहित आगोमा भुटेर तयार पारिन्छ । गहुँको खेतीसँगै उब्जिने यो चना फागुन–चैत महिनामा नेपालगन्जको बजारमा ताजा उपलब्ध हुने गरेको छ ।

रानीतलाउ, तरकारी मण्डी

होरहाको बनाउने विधि निकै सरल तर अनुपम छ । खेतबाट ताजै उखेलेर ल्याइएका चनाका झाडहरूलाई पुआल वा सुकेको दाउराको आगोमा हालिन्छ । पातहरू जलेर खरानी भएपछि तात्ता–तात्ता भुटिएका चना झाडबाट छुट्याइन्छ । यो प्रक्रियाले चनालाई सोंधा र मसालेदार स्वाद दिन्छ । स्थानीयहरू भन्छन्, “यो स्वाद लाजवाब छ, न तेल न मसला, तर प्रकृतिको आगोले दिएको खुशबू नै पर्याप्त रहेको स्थानीयले बताए ।

नरसिंह राज साहू

खाने तरिका पनि विविध छ । धेरैजसो यसलाई सिधै भुटेर, हरी मिर्च, नुन र सरसों तेलको चटनीसँग तात्ता–तात्ता खाइन्छ । कसैले यसलाई तरकारी बनाएर रोटी वा भातसँग पनि मजा लिन्छन् ।

माता महाकाली मन्दिरका सेवादार : कैलाश प्रसाद तिवारी

 

तर होरहा केवल खानेकुरा मात्र होइन, यो त सामुदायिक उत्सवको प्रतीक हो । फागुन–चैतमा खेतहरूमा गाउँलेहरू जम्मा भएर ‘होरहा पार्टी’ आयोजना गर्छन् । आगो बाल्ने, चना भुट्ने, गीत गाउने र हाँस्ने यो परम्पराले बसन्तको आगमन र होलीको रङसँगै आपसी भाइचारा र नयाँ फसलको खुशियालीलाई जोड्छ ।एकलैनी -३ स्थित माता महाकाली मन्दिरका सेवादार कैलाश प्रसाद तिवारी , वडा नम्बर २१ उपमहानगरपालिका बिर्ता बाँकेका निवासी रामु पाल र किसानहरू भन्छन्, “होरहा खाएपछि मात्र लाग्छ – बसन्त साँच्चै आएको छ ।”

किसान : रामु पाल बिर्ता निवासी – २१ बिर्ता 

नेपालगन्जका बजारमा अहिले होरहाको माग बढ्दो छ । स्थानीय व्यापारीहरूका अनुसार यो मौसमी व्यञ्जनले पर्यटक र स्थानीय दुवैलाई आकर्षित गरिरहेको छ । यदि तपाईं तराईको मौलिक स्वाद चाख्न चाहनुहुन्छ भने फागुन–चैतमा नेपालगन्ज वा आसपासका खेतहरूमा पुग्नुहोस् । एउटा सानो आगो, ताजा चना र साथीहरूको मण्डली – होरहाले यही सिकाउँछ ।

बिक्रेता : सोनु प्रसाद बाहुन , रानीतलाउ ने.ग.

यस परम्परा जोगाउने र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने किसान र स्थानीय समुदायको प्रयासले होरहालाई मात्र खानेकुरा नभई सांस्कृतिक सम्पदा बनाएको छ । बसन्तको यो सिजनमा एक पटक होरहा चाख्न नभुल्नुहोस् किसान रामु पालले बताए !

Leave a Comment

सम्बन्धित खबर