बाँकेको पहिलो सहकारी संस्था सहकारी वित्तीय विकास संस्था लि. मा नयाँ सञ्चालक समिति चयन

संवाददाता
संवाददाता

हेमन्त कर्माचार्य

नेपालगञ्ज, चैत ४ –वित्तीय काराेबार गर्न नेपाल राष्ट्र बैंकसमेत बाट स्वीकृति लिएकाे बाँकेकाे पहिलाे सहकारी संस्था सहकारी वित्तीय विकास संस्था लि. काे नयाँ सञ्चालक समिति चयन भएको छ ।

तत्कालीन सञ्चालक समितिमा रहेका केहीकाे गैरजिम्मेवारी र केही भ्रष्ट कर्मचारीकाे याेजनामा ४५ कराेडबढी रकम अपचलन गरि ध्वस्त बनाउन खाेजिएको यस सहकारीलाई करिब ६ वर्ष लामाे अदालती मुद्दा लडेर अदालतकै आदेशबमोजिम नयाँ सञ्चालक समिति निर्वाचन भएको हाे ।

मंगलबार (चैत ३ गते) सम्पन्न निर्वाचनबाट जगदीशबहादुर सिंहकाे नेतृत्वमा ७ सदस्यीय सञ्चालक समिति निर्वाचित भएको छ । त्यस्तै, भूपेन्द्र मणि तुलाधरकाे संयाेजकत्वमा तीन सदस्यीय लेखा समिति निर्वाचित भएको छ ।

निर्वाचन समितिका संयाेजक अधिवक्ता पूनम श्रेष्ठले निर्वाचितहरूकाे नामावली घाेषणासँगै प्रमाणपत्र पनि वितरण गर्नुभएको थियाे ।

संस्थाका शेयरधनी तथा बचतकर्ताहरूकाे उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा निर्वाचित अध्यक्ष सिंहले संस्थालाई नयाँ प्रारम्भ गर्न आफुले समर्पित भएर प्रस्तुत हुने प्रतिबद्धता प्रकट गर्नुभयाे ।

साे अवसरमा सहकारी बचतकर्ता संघर्ष समितिका संयाेजक विजयकुमार गुप्ता, निर्वाचन सम्पन्न गर्न गठित तदर्थ समितिका उप-संयाेजक हेमन्त कर्माचार्यलगायतले बाेल्नु भएकाे थियाे ।

Leave a Comment

सम्बन्धित खबर