‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनालाई स्वर्ण पदक

संवाददाता
संवाददाता

पाकिस्तानमा सञ्चालन भएको नवौँ ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक जितेको छ।

प्रतियोगितामा सहभागी विभिन्न देशका सेना मध्ये नेपाली सेनाले सर्वोत्कृष्ट अंकसहित प्रथम स्थान हासिल गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

माघ २२ गतेदेखि २४ गतेसम्म पाकिस्तानको पन्जाब प्रान्तको खारियाँस्थित नेशनल काउन्टर टेरोरिजक सेन्टर (एनसीटीसी) सहित १७ राष्ट्रका ३८ वटा सैनिक टोलीहरुको सहभागीता रहेको थियो।

सैन्य अभ्यासमा सहभागी टोलीहरुबिच शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान, रण कौशल लगायतका दक्षताहरुको परीक्षण गरिएको थियो।

सन् २०१६ बाट वार्षिक रुपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगितामा यसअघि सन् २०२२ र २०२५ मा पनि नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको थियो।

Leave a Comment

सम्बन्धित खबर